वर्डक्याम्प काठमाडौं २०२२ हुँदै

यही आउदो सेप्टेम्बर ३ र ४ (भाद्र १८ र १९, २०७९) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२२” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

शनिबार र आईतवार काठमाडौं गैरिधारा स्थित एलिस रिसेप्सन्समा हुने यस कार्यक्रममा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त गरिसकेका ४०० भन्दा बढि नेपाली तथा बिदेशी विशेषज्ञहरु सामेल हुनेछन् ।

यदी तपाईं पनि वर्डप्रेसको प्रयोगकर्ता हुनुहुन्छ भने यो कार्यक्रम तपाईंको लागि उपयुक्त हुन सक्छ । यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुनेछ । सूचना प्रबिधिमा काम गरिरहेका संस्थाका प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायीसँग भेटघाट हुने अवसर हुनेछ ।

कार्यक्रममा वर्डप्रेसको बिषयमा धेरै सत्रहरु संचालन हुनेछन् । वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र पल्गिन डेभलप्मेंट, वर्डप्रेसको महत्व र प्रयोग लगायत अन्य थुप्रै बिषयमा कार्यक्रम संचालन हुनेछ | कार्यक्रम ४ वटा हलमा एक्कै साथ समानान्तर रुपमा संचालन हुने छ । आफुलाई मन पर्ने बिषय जुन हलमा संचालन भै रहेको हुन्छ त्यै हलमा सहभागी बस्न पाउने छन् ।

वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ । प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ ।

नेपालमा पनि अहिले बनिरहेका बहुसंख्य वेबसाईटहरु निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिन्छ। बिश्वभरि रहेका रहेका प्रबिधि सम्वन्धि काम गर्ने धेरै संस्थाहरुको सहयोगमा कार्यक्रम सम्पन्न हुनेछ ।

कार्यक्रममा सहभागी हुन रु २००० तोकिएको छ भने विद्यार्थीको हकमा रु १००० छ । वर्डक्याम्प काठमाडौंको आधीकारीक वबेसाईटमा गएर टिकट खरिद गर्न सकिने छ ।

केही जिज्ञासा भएमा तल टिप्पणी गर्न हुन वा आयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ । कार्यक्रमको पूर्ण जानकारीको लागि WordCamp Kathmandu 2022 – 3rd & 4th September 2022 हेर्न सक्नु हुनेछ |

वर्डप्रेस नेपाली अनुवादक टिम

वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न कसले सक्रिय रूपमा योगदान गरिरहेको छ भनेर सोच्दै हुनुहुन्छ?

तपाईंले यहाँबाट हेर्न सक्नुहुन्छ: आफ्नो साइटलाई नेपाली भाषामा परिवर्तन गर्नुहोस् (सेटिङ्हरू > सामान्य) र credits.php(site-url.com/wp-admin/credits.php) पृष्ठमा चेक गर्नुहोस्।

यदि तपाईंले अहिलेसम्म योगदान गर्नुभएको छैन र अनुवाद टोलीमा सामेल हुने सोचमा हुनुहुन्छ भने, तपाईंले अहिले सुरुवात गर्न सक्नुहुन्छ।

तलको लिङ्कमा क्लिक गर्नुहोस्:
https://ne.wordpress.org/wordpress-in-nepali/

~वर्डप्रेस नेपाली अनुवाद सम्पादक टिम

वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप – वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्दै

वर्डप्रेस बुटवलले “वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप २०२२” आयोजना गर्ने भएको छ । यस वर्डप्रेस बुटवलको मासिक मिटअप वर्डप्रेसलाई नेपाली वा नेपालमा बोलिने अन्य कुनै भाषामा अनुवाद गर्नका लागि केन्द्रित गरिएको छ ।

कार्यक्रम २७ फेब्रुअरी २०२२, आइतबार, ११ AM. (NTP) मा सुरु हुनेछ। तपाईं कार्यक्रम समयमा हामीसँग सामेल हुन स्वतन्त्र हुनुहुन्छ।

कहाँ?
कार्यक्रम अनलाइन र अफलाइन दुवै मोडमा हुनेछ।
अनलाइन: Google Meet मार्फत।
भौतिक : ईगल आई टेक्नोलोजी // AdsWork Inc, मिलनचोक, बुटवल

अनुवादमा योगदान गर्न थप पढ्नुहोस्:
https://docs.google.com/document/d/wpbtl-translation-handbook

कार्यक्रम तालिका:
आइतबार, २७ फेब्रुअरी २०२२
११:०० AM : वर्डप्रेसलाई कसरी अनुवाद गर्ने भन्ने ’boutमा सत्र
११:३० AM: अनुवाद सुरु हुन्छ
०२:०० PM: कार्यक्रम समापन।

मासिक मिटअपहरू वर्डप्रेस स्वयंसेवकहरू र उत्साहीहरूको स्थानीय समूहद्वारा निःशुल्क आयोजना गरिन्छ। यस मिटअपमा प्रवेश पूर्ण रूपमा नि:शुल्क र सबैका लागि खुला छ। सामान्य रूपमा, तपाईले नेटवर्किङ सत्रहरूमा पनि एकअर्कालाई व्यक्तिगत रूपमा चिन्नुहुनेछ।

महत्वपूर्ण लिंकहरु:
मिटअप: https://www.meetup.com/Butwal-WordPress-Meetup/events
वर्डप्रेस पोलिग्लट टिमको SLACK च्यानल: https://wordpress.slack.com/messages/polyglots

~वर्डप्रेस नेपाली अनुवाद सम्पादक टिम

शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ।

सर्तहरु:

  1. साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ ।
  2. साइट पूर्ण रुपमा नेपालीमा अनुवादित हुनुपर्नेछ।
  3. अभद्र, असामाजिक र गैरकानुनी साइटहरुलाई निषेध गरिएको छ।

साइट पेश गर्न आवश्यक पर्ने विवरण:

शीर्षक:
युआरएल:
विवरण (छोटकरीमा):
स्क्रिनसट: (स्क्रिनसट पठाउँदा डाउनलोड गर्न मिल्ने तस्विरको सिधा लिंक पठाउनुहोस)

वर्डप्रेस् १००% अनुवादित संस्करण: नेपाली जान्नेकालागि भन्दा पनि वर्डप्रेस् नेपालीमा खोज्नेकालागि।

लगभग तीन वर्षपछि फेरी वर्डप्रेसलाई १००% नेपालीमा अनुवाद गरिएको छ । यो भन्दा पहिले वर्डप्रेस  ४.० संस्करण शत प्रतिशत नेपलीमा उपलब्ध थियो भने पछिल्लो समय त्यहि अनुरुप ४.७ लाई अघि बढाइएको थियो र अहिले नेपालीमा वर्डप्रेस चलाउन खोज्नेका लागि ४.८ संस्करणलाई पनि  तयारी अवस्थामा  राखिएको छ ।मूलतः वर्डप्रेसमा संचालित नेपाली न्युज् पोर्टलहरु, नेपाली भाषा सम्बन्धी सेवा दिने वेबसाइटहरु तथा नेपालीमा व्यक्तिगत ब्लगहरु पोस्ट गर्ने पोर्टलहरुलाई लक्षित गरेर अनुबाद गरिएको पछिल्लो संस्करणमा वर्डप्रेसका प्राविधिक शब्दहरु बाहेकका शब्द/वाक्यहरु सकेसम्म नेपाली बोलीचालीका लवजहरुलाई ध्यानमा राखेर तयार गरिएको छ ।

नेपाली अनुवादक टिमको यो सफलतालाई वर्डक्याम्प काठमाडौँ २०१७ को अबसरमा पनि बिशेष उपलब्धिको रुपमा उल्लेख गरिएको थियो । कार्यक्रमको स्वागत् भाषणबाटै सुरु गरिएको बधाई प्रक्रिया, नेपालमा वर्डप्रेस सुरुवातकर्ता  एवम्  वर्डक्याम्प काठमाडौँ २०१७ वक्ता मध्येका एक सकिन श्रेष्ठको पी. पी. टि स्लाइड हुँदै ग्रुप फोटोसेसन सम्म पुगेको थियो ।

यसै अवसरमा टिमका सक्रिय सम्पादक तथा अनुवादक निलाम्बर शर्माले किन वर्डप्रेसको “Giving back to the Community” स्लोगनलाई  हामीले प्राथमिकतामा राख्नु पर्छ र ऊनीलगायतका टिमले कसरी आफुलाई एक असल योग्दनकर्ताका  रुपमा प्रस्तुत् गरिरहेका छन् भन्ने कुरा समेत मन्चबाट राख्ने मौका पाएका थिए ।

यो  संस्करणसम्म आइपुग्दा वर्डप्रेस नेपालीकरण गर्नेमा निलाम्बर शर्मा (Nilambar Sharma), शिव शंकर भट्ट (Sh Shanker), मनिष प्याठ (Manish Pyatha), हेमराज अधिकारी (Hemraj Adhikari) र सुदीप बल्छौडी (Sudeep Balchhaudi) शीर्ष ५ सक्रिय अनुवादकहरुका रुपमा छन् भने नयाँ योगदनकर्ताहरुको संलग्नता पनि उत्तिकै बढ्दो देखिन्छ |

वर्डप्रेस अब सत प्रतिशत नेपालीमा

हामी वर्डप्रेसलाई सत प्रतिशत नेपालीमा अनुवाद गर्न सफल भएका छौं । कैयौ अनुवाद योगदानकर्ताहरुको सहयोगमा हामी यो स्थानसम्म आइपुगेका हौं । अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्ण योगदानकर्ताहरु तथा अनुवादमा सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुलाई धन्यवाद ।

यस अघि लगभग तीन वर्ष अगि वर्डप्रेस ४.० रिलिज हुदाँ नेपाली अनुवाद सत प्रतिशत थियो । त्यस पछि केहि सुस्ताएको अनुवाद प्रोजेक्ट हामीले केहि महिना अघि म लगायत केहि साथीहरु मिलेर यसलाई पुन अगाडी बढाउने निर्णय गरेका थियौ । त्यसै अनुरुप लगातार अनुवादलाई सुचारु गर्न साप्ताहिक मिटिङ्ग लगायत अनुवाद दिवस जस्ता कार्यक्रम आयोजना हुदै आएको थियो । त्यसैको फल स्वरुप अहिले वर्डप्रेस ४.७ पूर्ण रुपमा अनुवादित भएको छ भने अर्को महिना रिलिज हुने वर्डप्रेस ४.८ को तयारी पनि पुरा भैसकेको छ । यस प्रोजेक्टलाई भविष्यमा पनि अगाडी बढाई राख्न यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।

जय वर्डप्रेस !!!

वर्डप्रेस नेपाली अनुवाद दिवस सम्पन्न

वर्डप्रेस नेपाली अनुवाद दिवस (WordPress Nepali Translation Day) २२ माघ २०७३ मा सम्पन्न भएको छ। योगदानकर्ताहरु एकै ठाउँमा भेला भई सामुहिक रुपमा अनुवाद गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको थियो। सो दिन लगभग २२० भन्दा बढी स्ट्रिङ्गहरु अनुवाद गरिएको थियो । सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद छ । सोहि कार्यक्रमका कारण अहिले हामी ८४% बाट ९०% मा पुगेका छौं ।

फेसबुक: https://www.facebook.com/events/1409509349060287/

उपस्थिति :

@rabmalin, @shivashankerbhatta, @manishpyatha, @hemraj7171, @bisnusnr, @bplv, @madhusudan977, @teeru, @sandeepregmi, @amitpomu, @anilbasnet

नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध

सुखद खबर । नेपाली भाषा अब वर्डप्रेसको साइट भाषा विकल्पमा उपलब्ध भएको छ। वर्डप्रेसको प्रशासन प्यानलमा गएर सेटिङ्ग -> साधारण मा जानुहोस् । त्यहाँ साइट भाषा विकल्पमा तपाईंले नेपाली विकल्प भेटाउनुहुनेछ ।

पोलीग्ल्ट टिमले हालसालै एक निर्णय गरी ८०% भन्दा माथी सम्पन्न भएका अनुवादहरुको वर्डप्रेस भाषा प्याक रिलिज गर्ने काम गरेको छ । अहिलेको अवस्थामा हामी ८४% मा छौं ।

वर्डप्रेस नेपालीको औपचारिक साइट : https://ne.wordpress.org/

अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्णलाई धन्यवाद । आशा गरौं हामी छिट्टै नै पूर्ण रुपमा अनुवाद गरिसक्नेछौँ ।

हामी सबैलाई बधाई छ । 🙂

मिटिङ्ग नोट – ११ माघ २०७३

  • अनुवादलाई अझ छिटो अगाडी बढाउन अनुवाद योगदान दिवस आयोजना गर्ने निर्णय गरियो । सम्भवत माघ २२ गते कार्यक्रम आयोजना गरिनेछ । @shivashankerbhatta ले फेसबुकमा इभेन्ट बनाएर कार्यक्रमको अन्य जानकारीहरु राख्नेछन ।
  • विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – timezone, hierarchy

मिटिङ्ग नोट – ४ माघ २०७३

  • टिमको लागि बनाइएको लोगो सम्बन्धी छलफल गरियो। हामी अब यसलाई लोगोको रुपमा प्रयोग गर्नेछौ ।
  • विभिन्न अंग्रेजी शब्दका अनुवाद सम्बन्धी छलफल गरियो । निर्णय गरिएका शब्दहरु ग्लोसरी (शब्दावली) मा अद्यावधिक गरिएका छन् । छलफल गरिएका शब्दहरु – brand new, backend, frontend, moderation, live preview, threaded comments, manual, up to date,