लंका प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध



२२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमिर लिगमा आबद्ध भएका छन् । सन्दीपलाई दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

जायन्ट्सले डायमन्ड क्याटेगोरीबाट सन्दीपलाई ४० हजार अमेरिकी डलरमा भित्र्याएको हो । लंका टी–२० प्रिमियर लिगमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अस्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेको छ ।

लंका प्रिमियर लिगका लागि तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्टमा थिए । लंका प्रिमियर लिग जुलाई ३१ बाट अगस्ट २१ सम्म आयोजना हुने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News