छोटो ठुँडे कालो सुगाअस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यस पन्छीलाई पहिलोपटक सन् १९४८ मा प्रकृतिविद् इभान कार्नबीले वर्णन गरेका थिए। यो चराको औसत लम्बाइ ५३-५८ सेन्टिमिटर (२१-२३ इन्च) हुन्छ। यसको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने ठुँड (चुच्चे) मधुरो खैरो र छोटो हुन्छ। त्यस्तै यसको टाउकाको तल्लो भागमा ठूलो सेतो धब्बा हुन्छ। यसको पुच्छरको माथिल्लो भाग सेतो र अन्तिम भाग कालो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड मधुरो खैरो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। (पूरा पढ्नुहोस्...)
यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।