लगभग तीन वर्षपछि फेरी वर्डप्रेसलाई १००% नेपालीमा अनुवाद गरिएको छ । यो भन्दा पहिले वर्डप्रेस ४.० संस्करण शत प्रतिशत नेपलीमा उपलब्ध थियो भने पछिल्लो समय त्यहि अनुरुप ४.७ लाई अघि बढाइएको थियो र अहिले नेपालीमा वर्डप्रेस चलाउन खोज्नेका लागि ४.८ संस्करणलाई पनि तयारी अवस्थामा राखिएको छ ।
मूलतः वर्डप्रेसमा संचालित नेपाली न्युज् पोर्टलहरु, नेपाली भाषा सम्बन्धी सेवा दिने वेबसाइटहरु तथा नेपालीमा व्यक्तिगत ब्लगहरु पोस्ट गर्ने पोर्टलहरुलाई लक्षित गरेर अनुबाद गरिएको पछिल्लो संस्करणमा वर्डप्रेसका प्राविधिक शब्दहरु बाहेकका शब्द/वाक्यहरु सकेसम्म नेपाली बोलीचालीका लवजहरुलाई ध्यानमा राखेर तयार गरिएको छ ।
नेपाली अनुवादक टिमको यो सफलतालाई वर्डक्याम्प काठमाडौँ २०१७ को अबसरमा पनि बिशेष उपलब्धिको रुपमा उल्लेख गरिएको थियो । कार्यक्रमको स्वागत् भाषणबाटै सुरु गरिएको बधाई प्रक्रिया, नेपालमा वर्डप्रेस सुरुवातकर्ता एवम् वर्डक्याम्प काठमाडौँ २०१७ वक्ता मध्येका एक सकिन श्रेष्ठको पी. पी. टि स्लाइड हुँदै ग्रुप फोटोसेसन सम्म पुगेको थियो ।

यसै अवसरमा टिमका सक्रिय सम्पादक तथा अनुवादक निलाम्बर शर्माले किन वर्डप्रेसको “Giving back to the Community” स्लोगनलाई हामीले प्राथमिकतामा राख्नु पर्छ र ऊनीलगायतका टिमले कसरी आफुलाई एक असल योग्दनकर्ताका रुपमा प्रस्तुत् गरिरहेका छन् भन्ने कुरा समेत मन्चबाट राख्ने मौका पाएका थिए ।





यो संस्करणसम्म आइपुग्दा वर्डप्रेस नेपालीकरण गर्नेमा निलाम्बर शर्मा (Nilambar Sharma), शिव शंकर भट्ट (Sh Shanker), मनिष प्याठ (Manish Pyatha), हेमराज अधिकारी (Hemraj Adhikari) र सुदीप बल्छौडी (Sudeep Balchhaudi) शीर्ष ५ सक्रिय अनुवादकहरुका रुपमा छन् भने नयाँ योगदनकर्ताहरुको संलग्नता पनि उत्तिकै बढ्दो देखिन्छ |