Watch State of the Word, the annual keynote address delivered by the WordPress project's co-founder, Matt Mullenweg, on Dec. 11, live from Madrid at 15:00 UTC.

वर्डप्रेस: आफ्नो जोश प्रकाशित गर्नुहोस्

वेबलाई शक्ति प्रदान गर्ने खुला स्रोत प्लेटफर्मको साथ तपाईँको व्यवसाय, तपाईँको रुचिहरू वा अन्य चिजहरूको लागि ठाउँ सिर्जना गर्नुहोस्।

शक्तिशाली र सशक्त

विभिन्न प्रकारका स्टाइलहरू र रङ्ग विकल्पहरूको ग्रिड देखाउने एउटा दृष्टान्त, कर्सर वाणले चयन गर्दै।

आफ्नो तरिकाले स्टाइल गर्नुहोस्

कल्पनालाई डिजाइनमा उतार्नुहोस्। खाली क्यानभासबाट सुरु गर्नुहोस् वा थिमहरूप्याटर्नहरू का विस्तृत विविधताबाट छनोट गर्नुहोस्। रङ्ग र फन्टदेखि लेआउट र कार्यक्षमतासम्म हरेक चिजलाई कस्टमाइज गर्नुहोस्।

प्लग गर्नुहोस् र विस्तार गर्नुहोस्

वर्डप्रेसलाई आफूले चाहेको जस्तो बनाउनुहोस्। स्टोर, मेलिङ सूची, पोर्टफोलियो, सामाजिक फिड, एनालिटिक्स, आदि थप्नुहोस्; ५५,००० प्लगिनहरूका साथ तपाईँ अधिकारसम्पन्न हुनुहुन्छ।

आफूले बनाएको कुराको स्वामित्व लिनुहोस् 

तपाईँको सामग्री, तपाईँको डिजाइन र तपाईँको डाटा सधैँ तपाईँको स्वामित्वमा हुन्छ। वर्डप्रेसको साथ तपाईँ आफ्नो कथा भन्न, आफ्नो ब्रान्ड बढाउन वा आफूलाई मन पर्ने कुराहरू गर्न स्वतन्त्र हुनुहुन्छ।

आत्मविश्वासका साथ सिर्जना गर्नुहोस्

दशकौँको अनुभवको साथ खुला स्रोत समुदायद्वारा निर्मित वर्डप्रेसलाई सकेसम्म स्थिर र सुरक्षित राख्न समुदायका जोसिला योगदानकर्ताहरू प्रतिबद्ध छन्।