मधेस ब्युरो राष्ट्रिय जनता पार्टी नेपालको आयोजनामा मंगलबारदेखि शुरू भएको मधेस, थरुहट र लिम्बुवान् बन्द हिंसात्मक देखिएको छ। शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक कार्य हुन थालेका छन्। चार दिने बन्दको पहिलो दिन मंगलबार तराईका अधिकांश भागमा शैक्षिक संस्था, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना र यातायात ठप्प रहे। बिहानैदेखि राजपाका कार्यकर्ताले