विकिपीडिया:विकिपीडियाको बारेमा
विकिपीडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस् ।
विकिपीडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३०,३१७ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।
यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार ।
पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति ।
विकिपीडिया प्रयोग
विकिपीडियामा योगदान
- स्वागतम नवागन्तुक, नवागन्तुक लेखकहरूका लागी सुरुवात बिन्दु
- योगदानकर्ताहरूका लागि नीति तथा मार्गदर्शन
- सहायता पृष्ठहरू, लेख सम्पादन र अरु सहायता
संपर्क गर्न
- हामीलाई संपर्क गर्नुहोस
- वार्तालाप, यहाँ प्रश्नहरू सोध्नुहोस
- विकिपीडिया पत्राचार सूचि
- विकिपीडियनहरू, विकिपीडियालाई सहयोग गर्नेहरूको सूचि
- मेटा विकिपीडिया, विकिपीडिया र अन्य परियोजनाहरूका बारेमा थप