कर्णालीको मुगु, कालिकोट र हुम्ला लगायतका जिल्लाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको स्थानीय बासिन्दा र त्यहाँस्थित सरकारी अधिकारीहरुले बताएका छन्। नेपाल सरकारद्धारा वितरण गरिने नि:शुल्क औषधि समेत नरहेको उनीहरु बताउँछन्। मुगु जिल्लाको रारा, कालै, धैनकोट, भी, खेतु, नार्थपु, जिमा लगायतका गाविसमा औषधि अभाव भएको त्यहाँका स्थानीय बासिन्दाले बताएका