हज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हाजीको अल-हरम मस्जिदमा तीर्थयात्रीहरू

हज (/hædʒ/; अरबी: حج Ḥaǧǧ "तिर्थयात्रा") वार्षिक रूपमा हुने  इस्लाम तिर्थयात्रीहरूको मक्का सम्मको तिर्थ यात्रा हो र यो यात्रा हरेक इस्लाम धर्मालम्वीहरू जो शारिरीक रूपमा सबल छन् तथा आफु नहुँदाको परिवारको खर्च धान्न सक्ने व्यक्तिको लागी आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने अनिवार्य तिर्थयात्रा हो ।[१][२][३] यो इस्लाम धर्मको पाँच स्तम्बहरू मध्ये एक स्तम्ब हो । हज विश्वको सबैभन्दा ठूलो वार्षिक भेला हो ।[४][५] हज गर्नको लागी शारिरीक तथा आर्थिक रूपमा सक्षम हुने अवस्थालाई इस्लाममा इस्तिता'अह भनिन्न र यो अवस्थामा पुग्ने मुसलमानलाई मस्तानी भनिन्छ । हजले मुस्लिमहरूको एकता तथा आफुलाई परमेश्वर (अल्लाह) लाई निहित गर्ने भावलाई प्रदर्शन गर्दछ ।[६][७] हज शब्दको अर्थ "यात्रा गर्ने सोच" भन्ने हुन्छ, यसले दुबै वाहिरी र भित्री यात्रालाई जनाउँदछ । [८]

यो तिर्थयात्रा धु अल-हिज्जाहको ८ औ देखि १२ औ दिनमा हुने गर्दछ, जुन इस्लामिक पात्रोको अन्तिम महिनामा पर्दछ । इस्लामी पात्रो चन्द्र पात्रो भएकोले पश्चिमी देशहरूमा प्रयोग हुने ग्रेगोरियन पात्रो भन्दा एघार दिन कम हुन्छ, त्यही भएर ग्रेगोरियन पात्रोमा हजको मिति हरेक वर्ष फरक हुने गर्दछ । इहरम एक विशेष आध्यात्मिक अवस्थितीको जसमा मुलसमानहरू हजको दौरान हुने गर्दछ । यस अवस्थामा तिर्थयात्रीहरूले दुईटा सेतो कपडा र केही काम वा व्यवहारबाट अलग हुने गर्दछ । [६][९][१०]

७ औं शताब्दी देखि हज इस्लामी पैगंबर मुहम्मदको जीवनसँग जोडिएको छ तर मुसलमानहरूका अनुसार मक्काको तिर्थयात्राको यो तिर्थ हजारौ वर्ष देखि इब्राहिमको समय देखि नै चलेको मान्यता रहेको छ । तिर्थयात्रीहरू लाखौ मानिसहरूको भेलामा सहभागि हुन्छन् । जसले एक साथ हजको हप्तामा मक्कामा जम्मा भएर त्यहाँ विभिन्न् धर्मविधीहरूमा भाग लिने गर्दछन्; प्रत्येक व्यक्ति एक घनाकार भवन काबाको चारै तिर घडीको उल्टो दिशामा सात पटक घुम्ने गर्दछ, अल सफा र अल मारवाह नाम गरेको पहाडको बिचमा अगाडी र पछाडि हिड्ने गर्दछ, जमजमको कुवाको पानी पिउने गर्छन्, अराफातको पहाडको मैदानमा उठेर जागाराम बस्नको लागी जान्छन् र एउटा शैतानलाई ढुङ्गा हान्ने परम्परा पुरा गर्न ढुङ्गा हान्ने गर्दछन् । त्यस पश्चात तिर्थयात्रीहरूले आफ्नो कपाल फाल्छन्, पशु बलि दिन्छन् र यस पश्चात ईद उल-अधा नामको तीन दिनसम्मको वैश्विक उत्सव मनाउने गर्दछन् । [११][१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Long, Matthew (2011). Islamic Beliefs, Practices, and Cultures. Marshall Cavendish Corporation. p. 86. ISBN 978-0-7614-7926-0 . https://books.google.com/books?id=H_m14NlQQMYC&pg=PA86. अन्तिम पहुँच मिति: 2 September 2014. 
  2. Nigosian, S. A. (2004). Islam: Its History, Teaching, and Practices. Indiana: Indiana University Press. p. 110. ISBN 0-253-21627-3 . https://books.google.com/books?id=my7hnALd_NkC&pg=PA110. 
  3. Berkley Center for Religion, Peace, and World Affairs - Islam See drop-down essay on "Islamic Practices"
  4. Mosher, Lucinda (2005). Praying: The Rituals of Faith. Church Publishing, Inc.. p. 155. ISBN 9781596270169 . https://books.google.com/books?id=2b7fmfvpYZYC&pg=PA155. अन्तिम पहुँच मिति: 18 September 2014. 
  5. Katz, Andrew. "As the Hajj Unfolds in Saudi Arabia, A Deep Look Inside the Battle Against MERS", Time, 16 October 2013. अन्तिम पहुँच मिति:17 October 2013.
  6. ६.० ६.१ Nigosian, S. A. (2004). Islam: Its History, Teaching, and Practices. Indiana: Indiana University Press. p. 111. ISBN 0-253-21627-3 . https://books.google.com/books?id=my7hnALd_NkC&pg=PA111. 
  7. Hooker, M. B. (2008). Indonesian Syariah: Defining a National School of Islamic Law. Institute of Southeast Asian Studies. p. 228. ISBN 9789812308023 . https://books.google.com/books?id=-a1k57q6GmwC&pg=PT252. अन्तिम पहुँच मिति: 6 October 2014. 
  8. Adelowo, E. Dada, सं (2014). Perspectives in Religious Studies: Volume III. Ibadan: HEBN Publishers Plc. p. 395. ISBN 9789780814472 . https://books.google.com/books?id=ma-QBAAAQBAJ&pg=PA395. 
  9. "ihram". ihram. 2014. http://www.britannica.com/EBchecked/topic/282481/ihram. अन्तिम पहुँच मिति: 6 October 2014. 
  10. "Ihram - Summary". Hajj Portal. http://www.hajj.org.au/index.php?option=com_content&task=view&id=29&Itemid=53. 
  11. Karen Armstrong (2000,2002). Islam: A Short History. pp. 10–12. ISBN 0-8129-6618-X . 
  12. "BBC - Religion & Ethics - Eid el Adha". http://www.bbc.co.uk/religion/religions/islam/holydays/eiduladha.shtml. अन्तिम पहुँच मिति: December 2007, December 30, 2012. 
"https://ne.wikipedia.org/w/index.php?title=हज&oldid=576963" बाट निकालिएको