टाइम (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
टाइम
Time Magazine logo.svg
प्रधान सम्पादक न्यान्सी गिब्स
श्रेणी समाचार पत्रिका
आवति साप्ताहिक
कुल वितरण
(२०१३)
३२,८९,३८७ [१]
पहिलो अंक मार्च ३, १९२३ (१९२३-०३-०३)
कम्पनी टाइम इन्कोर्पोरेसन
देश संयुक्त राज्य अमेरिका
मा आधारित न्यूयोर्क शहर
भाषा अङ्ग्रेजी
वेबसाइट time.com
आइएसएसएन 0040-781X
ओसीएलसी संख्या 1311479

टाइम (पत्रिका) अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन न्यूयोर्क शहरबाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । टाइम को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । यूरोप संस्करण टाइम यूरोप (पूर्व नाम: टाइम अटलान्टिक)को प्रकाशन लण्डनबाट हुने गरेको छ र यसले मध्य पूर्व, अफ्रिका र सन् २००३ बाट यसले ल्याटिन अमेरिकालाई पनि समेट्ने गरेको छ । यसको एसिया संस्करण टाइम एसिया हङकङबाट संचालित हुने गरेको छ । दक्षिण प्रशान्त संस्करण सिड्नीमा आधारित छ र यसमा अस्ट्रेलियान्यू जील्याण्ड सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा टाइमले आफ्नो क्यानाडामा स्थापित विज्ञापनदाता संस्करणलाई बन्द गरिदिएको थियो ।[२]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Consumer Magazines". Alliance for Audited Media. http://abcas3.auditedmedia.com/ecirc/magtitlesearch.asp. अन्तिम पहुँच मिति: February 10, 2014. 
  2. "Time Canada to close", Mastheadonline.com, दिसम्बर 10, 2008. अन्तिम पहुँच मिति:दिसम्बर 1, 2013.

बाह्य लिंक[सम्पादन गर्ने]