अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले, चुनाव जितेपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका छन्। ट्रम्पको कार्यालयले भनेको छ, उक्त संवादका क्रममा ट्रम्पले रुससँग एकदमै बलियो र लामो समय टिक्ने सम्बन्ध राख्ने इच्छा व्यक्त गरेका छन्। सम्बन्ध सुधारका लागि समानता र हस्तक्षेपमुक्त सिद्धान्तका आधारमा काम गर्नेमा