इराकको मोसुल शहरलाई इस्लामिक स्टेटको कब्जाबाट छुटाउन इराकी सेना अघि बढिरहँदा हजारौं मानिस त्यो ठाउँ छोडेर भागेका छन्। सेभ द चिल्ड्रेन सहायता संस्थाले बताए अनुसार करीब ५,००० मानिस विगत १० दिनमा सीमाना काटेर सिरिया पुगेका छन्। उनीहरु अल-होल शरणार्थी शिविर पुगेका छन् जुन फोहोरी र भीडभाडयुक्त रहेको