नेपाल र भारतबीचको सम्बन्धमा समयानुकूल परिमार्जनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्तिहरुको संयुक्त समूह बहुचर्चित सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायतका महत्वपूर्ण सम्झौताहरु पुनरावलोकन गर्ने विषयमा सहमत भएको छ। समूहका सदस्यहरुले सन् १९५० र त्यसयता राजनीति, प्राकृतिक स्रोत, व्यापार र वाणिज्य, सीमा लगायतका पक्षमा भएका सबै सन्धि, सम्झौता र तीसंग सम्बन्धित विवादहरुबारे