BBC News | 2016-04-22
घरेलु कामदारका रुपमा नेपाली महिलालाई विदेश जान रोक लगाएको सरकारले केही नियमहरु परिमार्जन गर्दै उनीहरुलाई विदेश जान स्वीकृति दिने तयारी गरिरहेको छ। सरकारले रोक लगाएपनि गैरकानूनीरुपमा र अन्य देशको बाटो प्रयोग गरेर अवैधरुपमा घरेलु कामदारहरु विदेशिएको विवरणमाझ सरकारले कडा नियम बनाएर विदेश पठाउने प्रक्रिया फुकुवा गर्न लागेको अधिकारीहरुले बताएका छन्।
अमेरिकाको न्यूयोर्क राज्यमा भएको पार्टीगत चुनावमा राष्ट्रपति पदका लागि उम्मेदवारी दौडमा रहेका डोनल्ड ट्रम्प र हिलरी क्लिन्टनले जीत हासिल गरेका छन्। ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट र क्लिन्टन डेमोक्रेटिक पार्टीको तर्फबाट
भूकम्प मापनका चुनौति नेपालमा भूकम्प मापन कसरी
आफूमाथि महाअभियोग लगाउने प्रयासबाट ‘क्रुद्ध’ बनेको भन्दै ब्रजिलकी राष्ट्रपति जिल्मा रुसेफले त्यसविरुद्ध अन्तिम समयसम्म लड्ने र देशको लोकतन्त्रको रक्षा गर्ने बताएकी छन्। सरकारी कोषसम्बन्धी विवरण तोडमरोड गरेको आरोपमा आइतबार तल्लो सदन कंग्रेसले उनीमाथि महाअभियोग लगाउने
शैक्षिकसत्र शुरु भएको हप्तौं बितिसक्दा समेत पश्चिम नेपालका कतिपय जिल्लाहरुमा अझै पाठ्यपुस्तक पुग्न नसकेको विद्यालयहरुले बताएका छन्। पाठ्यपुस्तक पुगेका जिल्लामा पनि सबै कक्षाका पुस्तक नपुगेको बताइन्छ। पूर्वी र मध्यक्षेत्रमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको र बाँकी जिल्लाको हकमा वैशाख १५ गतेसम्म पुगिसक्ने जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ। देशभर विद्यार्थी भर्ना अभियान जारी
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा कम्तीमा ३० जनाको ज्यान जानुका साथै तीनसयजना भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन्। सो शक्तिशाली कारबम हमलापछि आत्मघाती पोशाक लगाएका सशस्त्र मानिसहरु गोली चलाउंदै त्यहांको एउटा सरकारी भवनमा
सरकारले लामो समयपछि मंगलबार विभिन्न २१ वटा देशका लागि राजदूतहरु नियुक्तिका लागि सिफारिस गरेको छ। त्यसरी सिफारिस हुनेमा पूर्व मन्त्रीदेखि सत्तारुढ दलका नेता कार्यकर्ता र सरकारी कर्मचारीहरुसम्म छन्। सरकारले लामो समयपछि राजदूत सिफारिस गरे पनि नियुक्तिका लागि भने संसदीय सुनुवाइको प्रतीक्षा गर्नुपर्ने हुन्छ। तर
यो
केही दशकयताकै सबैभन्दा ठूलो भूकम्पका कारण इक्वेडरमा करिब २५० जनाको ज्यान गएको र २,५०० जना घाइते भएको अधिकारीहरुले बताएका छन्। भूकम्पपछि च्यापिएका र हराएका मानिसको खोजी तथा उद्धारका लागि १०,००० सेना र ३,५०० प्रहरी परिचालन गरिएको बताइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ वर्षमा कार्यान्वयन गर्ने गरी ८ खर्ब १६ अर्ब रुपैयाँ बराबरको सडक विकासको रणनीतिक योजना सार्वजनिक गरेको छ। देशभर सडक सञ्जाल विस्तार गर्ने उक्त योजनामा मध्यपहाडीदेखि हुलाकी राजमार्ग र रेलमार्ग निर्माण तथा सिण्डिकेट हटाउनेसम्मका कार्य समेटिएका छन्। तर देशको मुहारनै परिवर्तन हुने देखिने उक्त परियोजनाका कामहरु अगाडि बढ्नेमा
तराई केन्द्रित दलहरुले देशका अन्य भागका जनजाति संगठनहरुसंग मिलेर वर्तमान संविधान पुनर्लेखन वा परिवर्तन गर्न माग गर्दै २६ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेका छन्। विगतमा तराई मधेश आन्दोलन हाँकेका सातवटा तराई केन्द्रित दलसहित १७ वटा दल रहेको संघीय गठबन्धनले जारी गरेको उक्त अवधारणापत्रमा तराई मधेशमा दुईसहित पहिचान एवं सामर्थ्यको आधारमा स्वायत्त प्रदेश निर्माणको माग एक नम्बरमा
जिनीभामा सिरियाली सरकार र विपक्षीबीच जारी शान्तिवार्ता अप्ठ्यारोमा परेको छ। विपक्षीहरुले सरकारी सेनाले गरेको आक्रमणको बदलामा आफूहरुले पनि हमला गर्ने बताएपछि त्यस्तो अवस्था सिर्जना भएको हो। विद्रोही पक्षले सरकारी सेनाले युद्धविराम सम्झौता
नामिबियालाई कीर्तिपुर क्रिकेट मैदानमा ३ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड र पपुवा न्युगिनीसंगका चार खेल गुमाइसकेको अवस्थामा नेपालले लगातार दुई खेल जितेर चार अंक बटुलेको हो। पहिलो खेलमा ५ विकेटको जित पाएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको हो। तनावपूर्ण खेल तर निकै तनावपूर्ण बनेको
आफूविरुद्ध महाअभियोग लगाउनुपर्ने वा नपर्ने विषयमा संसदमा मतदान हुनुअघि ब्रजिलकी राष्ट्रपति जिल्मा रुसेफले सांसदहरुसँग अन्तिम वार्ता गरेकी छन्। मतदानअघि एउटा र्यालीमा सहभागी हुने बताइएपनि उनले सांसद र आफ्नै पार्टीका सदस्यहरुलाई आफ्नो पक्षमा मतदान गर्न मनाउने प्रयास गरेकी हुन्। पछिल्ला
इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २८ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। उपराष्ट्रपति खोर्के ग्लासका अनुसार
भूकम्प गएको एक वर्ष पुग्न लाग्दा समेत प्रभावित जिल्लाका कतिपय पीडितको नाम अझै सरकारी सूचीमा छैन। सरकारी सूचीमा नपर्दा राहत पाउन कठिनाइ भोगेका पीडितहरुले कठ्यांगिद्रो जाडो पनि आफैले बनाएको अस्थायी टहरामुनि कटाए। तर अहिले उनीहरुलाई आउंदो बर्खायामसम्म पनि कुनै व्यवस्था नहुनेको कि भन्ने चिन्ताले सताएको देखिन्छ। त्यस्तै पीडा
इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ७७ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। उपराष्ट्रपति खोर्के ग्लासका अनुसार
सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे द्वन्द्कालका पीडितहरुलाई न्याय दिलाउने उद्देश्यले देशभरका स्थानीय शान्ति समितिबाट उजुरी लिने काम आइतबारबाट सुरु गरेको छ। द्वन्द्वकालमा राज्यपक्ष र विद्रोहीपक्षबाट भएको मानवीय क्षतिका साथै विभिन्न घटनामा परेका पीडितहरुबाट उजुरी लिने काम असार पहिलो सातासम्म जारी रहने बताइएको छ।