रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका लागि पछिल्ला दुईवटा निर्वाचनमा उम्मेदवार रहेका मिट्ट रोम्नी र जन म्केनले यसपालि उम्मेदवारी दौडमा अगाडि रहेका डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका छन्। रोम्नीले ट्रम्प ‘हेपाहा’ र ‘ठग’ भएको भन्दै मुलुकलाई नेतृत्व दिन उनी उपयुक्त नभएको बताए। उनले भने, “डोनल्ड ट्रम्पको व्यक्तिगत क्षमताहरुबारे सोच्नुस् त। एकजना हेपाहा, लोभी, तडकभडक