मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
विकिपीडियामा स्वागत छ।
एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन!
नेपालीमा २४,६०५ लेखहरु संग्रहित छन् !
TikaandJamara.JPG

दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। यो नेपालीहरूको प्रमुख पर्व हो। आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेकाथिए। यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ। यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ। दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य शुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाइन्छ। विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको हो। दशैं पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ। पूरा लेख पढ्नुहोस् ...

के तपाईंलाई थाहा छ?
कफी
<< अक्टोबर २०१३ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२
१३ १४ १५ १६ १७ १८ १९
२० २१ २२ २३ २४ २५ २६
२७ २८ २९ ३०
आज शुक्रबार, तारिक ११/१०/२०१३
लिगलिगकोट

लिगलिगकोट गोरखा जिल्लाको आँपपिपल गाविसमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। सदरमुकामबाट करिब चार कोस टाढा पश्चिममा ४/५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने लिगलिगकोट आँपपिपल गाविस वडा नम्बर ४मा, समुन्द्री सतहबाट करिब १,४३७ मिटर (४,७९० फिट) उचाईमा अवस्थित छ | यो स्थान दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको लागि प्रख्यात छ। लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो, हाल उक्त दरवार नभए पनि दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ। कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन्। मर्स्याङ्दी नदी र चेपे नदीको सँगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियो। पूरा लेख पढ्नुहोस्

नेपाली बेहुली (५ मे २०१३मा विकिमीडिया कमन्स द्वारा Picture of the dayमा छानिएको तस्वीर) -नेपाली विकिमीडियन निर्मल दुलाल द्वारा पोष्ट गरिएको तस्वीर

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक