वीरगञ्ज नेपालको महत्वपूर्ण व्यापारिक केन्द्र हो। श्री ३ बीर शम्शेरको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगंज नामाकरण गरिएको हो। त्यहा गहवा माई मन्दिर पनि रहेको छ।
यो नेपालको सबैभन्दा महत्वपूर्ण ब्यापारिक तथा पारवहन नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसम्म आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौं तथा पोखरा का लागि सामान पैठारी गर्नुका साथै देशको मुख्य औधोगीक कोरीडोर पनि हो। ठकुराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होमसमेत रहेको विरगञ्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलय पनि छन्। वीरगञ्जको टेलीफोन कोड ०५१ हो। मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक शहर वीरगञ्जको स्थापना राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं.१९५४)मा गरेको हुनाले उनकै नाउँमा उक्त सहरको नाम रहेको हो। महेन्द्रराजमार्गको पथलैयाबाट २८ कि.मी. उत्तर र काठमाडौं हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगञ्जमा बाहुन, क्षेत्री, मुस्लिम, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, केइरी, चमार, दुसाध, नेवार, मल्लाह, मारवाडी, तामांग आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्। पूरा लेख पढ्नुहोस्