मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
विकिपीडियामा स्वागत छ।
एक स्वतन्त्र ज्ञानकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन!
नेपालीमा २३,२३७ लेखहरु संग्रहित छन् !
दैलेख जिल्ला प्रवेश द्वार, रानीमत्ता

दैलेख जिल्ला नेपालको एउटा जिल्ला हो। भेरी अञ्चलको सबैभन्दा सानो यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोटपश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको छ। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।

इतिहास: दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लुबेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य पाइन्छ । जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । पूरा लेख पढ्नुहोस् ...

के तपाईंलाई थाहा छ?
कफी
<< मे २०१३ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११
१२ १३ १४ १५ १६ १७ १८
१९ २० २१ २२ २३ २४ २५
२६ २७ २८ २९ ३० ३१
आज बिहीबार, तारिख ९/०५/२०१३
गणेशमान सिंह २०५० सालमा

गणेशमान सिंह(वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भारतमा बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरी अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा लडेका उनले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित रहे ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका र्सवप्रिय नेता गणेशमान राष्ट्रिय जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर थिए। उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो। पूरा लेख पढ्नुहोस्

नेपाली बेहुली (५ मे २०१३मा विकिमीडिया कमन्स द्वारा Picture of the dayमा छानिएको तस्वीर) -नेपाली विकिमीडियन निर्मल दुलाल द्वारा पोष्ट गरिएको तस्वीर

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक