प्रमुख लेख
|
दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। यो नेपालीहरूको प्रमुख पर्व हो। आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेकाथिए। यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ। यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ। दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य शुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाइन्छ। विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको हो। दशैं पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ। पूरा पढ्नुहोस् ...
|
|
प्रमुख समाचार
|
- रूस नेपाल सूचना प्रविधि फोरमको आयोजनामा रूसी सांस्कृतिक केन्द्रमा यही असार १३ गते प्रविधि हस्तान्तरणको कार्यक्रममा नेपाली विकिपीडिया बारे चर्चा तथा लाइभ योगदान गरियो। प्रविधि हस्तान्तरण सम्बन्धि कार्यक्रम प्रत्येक अंग्रेजी महिनाको अन्तिम बुधबार हुन्छ।
- यही असार १० गते नेपाली विकिपीडियाले पुल्चोक इन्जिनियरिङ कलेजमा विकि र प्रविधि विषयक कार्यक्रमको आयोजना गर्यो।
- नेपाली विकिपीडियाको दशौं जन्मोत्सव यही ३ जून (२१ जेठ)का दिन विभिन्न कार्यक्रमका साथ मनाइयो। थप जानकारी
- नेपाली विकिपीडियामा लेखहरूको संख्या वृद्धि गर्ने हेतुले सबै प्रयोगकर्ताहरूको सुबिधाका निम्ति धेरै ग्याजेटहरू जोड़िएकाछन्, जसमध्ये विभिन्न प्रकारका प्रयोगस्थलहरूको उपलब्धता, आ-आफ्नो विचार अनुसारको अभिरुचिको चयन आदि सामेल छन्।
- २०६८ चैत्र ११ गते नेपाली हिज्जे विषयमा छलफल गर्न जम्मा भएका नेपाली भाषाकर्मीहरू सहितको भेलाले नेपाली भाषा लेखन सम्बन्धी ललितपुर घोषणापत्र, २०६८ जारी गरेको छ। थप समाचार
- गुगल नेपाली अनुवादक र नेपाली क्यालेण्डरका लागि नेपाली विकिपीडिया र गुगल बीच सहकार्य हुने भएको छ। हालै नेपाल भ्रमणमा आएका गुगलका उदीयमान व्यापार क्षेत्र हेर्ने एकजना प्रवन्धक डिभोन ल्यान र नेपालीभाषा कर्मीहरूबीचको छलफल पछि यो कार्यको समन्वय गर्न नेपाली विकिपीडियालाई जिम्मा दिइएको हो।थप समाचार
|
|
|
|
आजको लेख सम्पादन
सिंगापुर जिवबैज्ञानिक उद्यानमा रहेको सेतो बाघ।
बाघ (Panthera tigris) फेलिडी (Felidae) परिवारको प्यान्थरा (Panthera) वर्ग अन्तर्गत पर्ने "Big cats" समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरिया देखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राजगरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एशियाका १३ देशहरूमा मात्र सिमित हुन पुगेको छ । करिब ३.३ मिटर (११ फिट) लामो शरीर, ३०० किलोग्राम (६६० पाउन्ड) तौल र ४ इन्च सम्म लामा तीखा कुकुरदाँत हुने यो जनावर एक भयानक हिंस्रक मांशहारी जनावर हो । विशाल काया र शक्तिका अलावा बाघहरू सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूका कारण पनि हेर्नलायकका हुन्छन् । बाघको शरीरमा हुने यस्ता ठाडा पाटाहरू तलतिर साँघुरिंदै गएका हुन्छन् । बाघको छाला एकदमै आकर्षक हुने भएकोले यसलाई सजावटको सामाग्रिको रूपमा प्रयोग गरिन्छ । यही आकर्षणका कारण पनि छाला र भुत्लाका लागि बाघको चोरी शिकारी बढिरहेको छ । अहिले विश्वमा बंगाली बाघ(Bengal tiger) सबैभन्दा धेरै सङ्ख्यामा पाइन्छ भने सबैभन्दा ठूलो आकार भएको बाघ साइबेरीयन बाघ हो ।
जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ बर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० बर्षसम्म पनि जीवित रहने गर्दछन् । एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको यो जनावर साइबेरीयाको चिसो वातावरण देखि खुल्ला घाँसे मैदान र उष्ण सदाबहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन् । बाघ मुख्यतया एसियामा, भारत देखि चीन तथा दक्षीणपूर्वी एशियामा पाईने गर्छ । बाघहरु जंगली जनावर भएकोले यो जंगलमा बसोबास गर्ने गर्छन । वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन, यसका ३ प्रजातिहरू पृथ्वीबाट लोप भइसकेका छन ।
बाघहरू साम्राज्यवादी र साधारणतया एक्लै बस्न रुचाउने जनावर हुन । आफ्नो शिकार आवश्यकतालाई पुरागर्न यिनीहरूले तुलनात्मक रूपमा ठूलो क्षेत्र ओगटेका हुन्छन् । बाघको यही बानीका कारण घना आवादी भएका क्षेत्रहरूका रैथाने जनावरको रूपमा बाघले आफ्नो अस्तित्व कायम गरेको छ । बाघका आधुनिक नौ प्रजाति मध्ये तिनवटा प्रजातिहरू यस संसारबाट लोप भैसके भने अहिले सम्म अस्तित्वमा रहेका ६ प्रजातिहरू पनि लोपोन्मुख जनावरका रूपमा सुचिकृत भएका छन । यसो हुनुको प्रमुख कारणहरु वासस्थानको विनाश, अवैद्य शिकार र आफ्नो समुहबाट एक्लिदै जानुलाई मान्ने गरिन्छ ।
पूरा लेख पढ्नुहोस्
|
|
|
लेखसंग सम्बन्धित
|
यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।
|
|
विकिपीडियाका अन्य परियोजनाहरु
सहयोगी परियोजनाहरू
विकिपिडियाको सम्बन्धित कार्यक्रम
विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :
विकिपीडिया भाषा
नेपाल भित्रका भाषाहरू
विकिपीडिया भाषा
|
|
१०,००,००० +
५,००,००० +
१,००,००० +
२०,००० +
१०,००० +
५,००० +
१,००० +
५०० +
|
|