डाक्टरहरुको हडताल ‘स्थगित’2009-10-25 BBC News नेपालको एउटा ठूलो अस्पताल वीपी कोइराला इन्ष्टिच्युट अफ मेडिकल साइन्समा डाक्टरहरुले गरेको हडताल ६ दिन पछि अन्त्य भएको छ। अस्पतालमा उपचार गर्न ल्याइएकाहरूका आफन्तले दुईजना डाक्टरहरुमाथि हातपात गरेपछि सुरक्षाको माग गर्दै डाक्टरहरुले इमर्जेन्सी बाहेक अरु उपचार सेवा ठप्प पार्दा हजारौं मानिसहरु मर्कामा परेका थिए। डाक्टरमाथि दुर्व्यवहार गर्ने विरामीका...
बग्दाद बम हमलामा कम्तीमा १३० मारिए2009-10-25 BBC News इराकको राजधानी बगदादमा भएका दुई ठूला बिष्फोटनहरुमा १३० जना भन्दा बढीको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। ती बिष्फोटनहरु शहरको केन्द्रमा रहेका दुई सरकारी भवनहरुलाई लक्षित गरेर भएका थिए। प्रहरीका अनुसार आक्रमण आत्मघाती बम हमलाकारीहरुले गरेका हुनसक्छ र हताहत हुनेहरुको संख्या बढ्ने आशंका गरिएको छ।...
भानुभक्तकालीन घर पुनर्निर्माण गरिने2009-10-25 Nepali Post दमौली, २५ अक्टोबर आदिकवि भानुभक्त आचार्यको भानुभक्तकालीन घर पुनर्निर्माण हुने भएपछि ६ वर्षेखिको चुँदी रम्घावासीको चाहना पूरा हुने भएको छ ।...
नेपाल पराजित, ताजकिस्तान र जोर्डन विजयी2009-10-25 Nepali Post काठमाडौं , २५ अक्टोबर एसियाली फुटबल महासङ्घ (एएफसी) १९ वर्षुनिको च्याम्पियनसिप-२०१० अन्तर्गत समूह ए को छनोट चरणको उद्घाटन खेलमा नेपाल यमनसँग ०-३ गोलले पराजित भएको छ ।...
नेसनल टे्डिङले दस प्रतिशत छुट दिने2009-10-25 Nepali Post काठमाडौं , २५ अक्टोबर नेसनल टे्रडिङ लिमिटेडले आयात गरेको सरसामानमा सर्वसाधारणलाई आजदेखि मङ्सिर मसान्तसम्म दस प्रतिशत छुट दिनेभएको छ ।...
कथा : अग्नि उत्सव2009-10-25 Nepali Post केशवराज ज्ञवाली वायोमिंग, अमेरिका, २५ अक्टोबर बिहानै हजुरबाको आवाज ले म बिउझे " यदा यदा हि धर्मस्य .......", म भित्र को म ले खुसुक्क मेरो कानमा भन्छ "एकाबिहानै भद्दा मजाक गर्छन बुढा" । म उठेर मुख धुन गए । "बल्ल तेरो मुख धुने बेला भो पाजी?" "अध्यारै छ त हजुरबा" "तैले भनेर हुन्छ?" बुढा कड्किए । "अघिनै एकहुल लाखेहरुले उज्यालो भो भनेर गए" ।...
छठ पर्वको उल्लासमा दशौं लाख सरीक2009-10-24 BBC News राष्ट्रिय पर्वको रुपमा मान्यता प्राप्त छठ उत्सवमा शनिबार तराईका दशौं लाख मानिसहरु सरीक भएका छन्। उत्सवमा तराई मधेशका हिन्दुहरु मात्र नभइ पहाडी र मुसलमान समुदायका मानिसहरुको पनि सहभागिता थियो। केही वर्षअघि सम्म तराईमा सीमित यो पर्वको रौनक राजधानी लगायत अरु ठाउँहरुमा...
धरानमा चिकित्सकहरूको आन्दोलनको पांचौं दिन2009-10-24 BBC News नेपालको सबभन्दा ठूलो अस्पतालहरुमध्येको एक वीपी कोइराला इन्ष्टिच्युट अफ मेडिकल साइन्स, धरानमा चिकित्सकहरुको हडताल लम्बिएपछि विरामी र तिनीहरुका आफन्तहरुको पीडा अरु बल्झिएको छ। हडतालले पाँचौं दिनमा प्रवेश गर्दा हजारौं मानिसहरु पीडित भएका छन् भने कैयौं दिनको बाटो छिचोलेर टाढा टाढाबाट आएका विरामी र तिनका आफन्तहरुले आफ्नो विजोग भएको गुनासो गरेका छन्।...
महिलाहरु नै लागे प्रसूति भवन निर्माणमा2009-10-24 Nepali Post फलेवास -पर्वत, २४ अक्टोबर स्वास्थ्य केन्द्रमा बिरामीहरूको उचित व्यवस्थापन तथा व्यवस्थित तवरबाट उपचार गराउने भवन नभएपछि स्थानीय महिलाहरूको पहलमा सहयोग सङ्कलन गरी दुइ कोठे प्रसूति भवन निर्माण गरेका छन् । पर्वत जिल्लाको लुङ्खुदेउराली गाविसमा २०५४ सालमा स्थापना भएको प्राथमिक...
रङ्गशाला निर्माण गर्न देउसीभैलो2009-10-24 Nepali Post लमजुङ, २४ अक्टोबर लमजुङको गाउँसहर गाउँ विकास समिति, भकुण्डेस्थित अन्नपूर्ण क्लबले रङ्गशाला निर्माण गर्नका लागि तिहारमा देउसीभैलो खेलेर करिब रु. एक लाख सङ्कलन गरेको छ ।...
दूधको अभावमा चिज कारखाना धरासायी2009-10-24 Nepali Post धुञ्चे -रसुवा , २४ अक्टोबर दुग्ध उत्पादक कृषकहरूले पेसा परिवर्तन गर्न थालेपछि दूध आपूर्तिमा कमी भएका कारण रसुवास्थित नेपालको जेष्ठ चिज कारखाना धरासायी बन्दै गएको छ ।...
राजनीतिक संयन्त्र आवश्यकः एमाले2009-10-24 Nepali Post नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, २४ अक्टोबर नेकपा एमालेले नयां सविधान निर्माणका लागि साझा सहमति जुटाउन र राजनीतिक गतिरोध अन्त्यका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढन आवश्यक भएको ठहर गरेको छ । स्थायी समितिको आज बसेको बैठकले संविधान निर्माण, दलहरुबीच अहिले देखा परेको अमझदारी लगायतका...
शनिबार छठ पर्व मनाइँदै2009-10-24 Nepali Post काठमाडौ, २३ अक्टोबर तर्राईबासी नेपालीको महान् चाड छठ पर्व शनिबार साँझ अस्ताउँदो सूर्य र आइतबार बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई सम्पन्न गरिंदै छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तर्राईका नदी-तलाउमा श्रद्धालु भक्तजनको...
माओवादी कात्तिक १५ पछि आन्दोलनमा2009-10-23 Nepali Post काठमाडौ, २३ अक्टोबर एकीकृत नेकपा माओवादी को आज बसेको स्थायी समिति बैठकले आफ्ना माग सम्बोधन गर्न सरकार र प्रमुख राजनीतिक...
राजदूतहरुद्धारा लडाकुहरुसंग समायोजनबारे छलफल2009-10-23 BBC News संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका राजदूतहरुले शुक्रबार ईलामको चुलाचुलीस्थित माओवादी सेनाको शिविरका लडाकुहरुसंग सेना समायोजनका विषयमा छलफल गरेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु चीन, अमेरिका, बेलायत, फ्रान्स र रुसका राजदूतहरु ईलामको चुलाचुली स्थित माओवादी सेनाको...
सरकारलाई माओवादीको एक हप्ते अल्टीमेटम2009-10-23 BBC News प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि सरकारलाई एक हप्ते अल्टीमेटम दिएको छ। शुक्रबार बसेको माओवादी स्थायी समिति बैठकले आफ्ना माग संबोधन नगरिए आन्दोलनमा जाने निर्णय त गरेको छ, तर अल्टीमेटम पछि कस्तो स्वरुपको आन्दोलन गर्ने हो निश्चित गरिसकेको छैन। दबाब राजनीतिक गतिरोध अन्त्य गर्न एक साताको अल्टीमेटम दिनु...
असफलता नै मेरो सफलता2009-10-23 Nepali Post गोविन्द गिरी प्रेरणा वासिंङटन डीसी, २२ अक्टोबर आफूले बाँचेको जीवनलाई पछाडि हेर्दा देख्दछु पचास वर्षका लामा असफल वर्षका रेलका डिब्बाहरु । मलाई लाग्छ म असफलताको पुँज हुँ । असफलता नै मेरो प्राप्ति हो । असफलता मै म रमाउँछु असफलतामै म हाँस्छु असफलतामै म नाच्छु असफलता मै जीवनलाई सफल ठान्छु । असफलता नै मेरो सफलता । प्राप्ति । पुरस्कार ।...
अर्को महिनादेखि कर्मचारीको तलब रोक्का हुने चेतावनी2009-10-22 BBC News अर्थमन्त्री सुरेन्द्र पाण्डेले आउने महिनादेखि दशौं हजार सरकारी कर्मचारीहरुको तलब रोक्का हुन सक्ने चेतावनी दिएका छन्। माओवादीले संसद चल्न नदिएकोले पूर्ण बजेट पारित हुन नसकेको भन्दै उनले पेश्कीबाट खर्च चलाउन अब नसकिने बताए। संसदले साउनमा पारित गरेको पेश्की विधेयक बमोजिम हरेक शीर्षकको कुल बजेटको एक तिहाइमात्र सरकारले खर्च गर्न पाउँछ। उक्त एक तिहाइको...
कार्यदलमा कुरा नमिले माओवादीले आन्दोलन गर्ने2009-10-22 BBC News राजनीतिक गतिरोध तोड्न सहमति र आन्दोलनमा जाने कुरा सँगसँगैजसो गर्दै आएको माओवादीको स्थायी समिति बैठकले अन्तिम निर्णय लिन तीन दलीय कार्यदलको निष्कर्ष पर्खने भएको छ। कार्यदलबाट आउने परिणामपछि बस्ने बैठक निर्णायक हुने माओवादी नेताहरुले बताएका छन्। स्थायी समिति बैठक शुक्रबार पनि जारी रहने छ। तीन दलीय कार्यदलको बैठक टुंगिनसकेकाले विहिवार बसेको माओवादी...
सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड2009-09-06 BBC News प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी2009-09-04 BBC News प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
माधवकुमार नेपालको राजनीतिक उतार, चढाव2009-05-24 BBC News कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल2009-05-22 Nepali Post अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
प्रधानमन्त्री प्रचण्ड नर्वेमा2009-03-29 Nepali Post काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ । काठमाडौंबाट थाइल्यान्डको बैङ्कक र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो । कोपेन्हेगनमा...
सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला2009-03-27 Nepali Post काठमाडौं, २७ मार्च नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे2009-03-18 Nepali Post नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला2009-02-23 Nepali Post विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
कांग्रेस सभापति कोइराला विराटनगरमा2009-02-22 Nepali Post विराटनगर, २२ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना गरेमा आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...